
९ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारमा टप १० ब्रोकर कम्पनीमध्ये सात मार्फत खरिद धेरै भएको छ । मंगलबार कुल ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत रह्यो ।
टप १० ब्रोकर कम्पनीमार्फत आज कुल २ अर्ब ८९ करोडको खरिद हुँदा ३ अर्ब ५ करोडको बिक्री भयो । टप १० ब्रोकरमार्फत खरिदभन्दा बिक्री रकम बढी देखिएको छ । यद्यपि खरिद बढी गर्ने कम्पनीको संख्या भने बिक्री गर्नेभन्दा बढी छ ।
टप १० ब्रोकरमध्ये नासा, भिजन र अनलाइनमार्फत बिक्री धेरै भएको छ । त्यस्तै इम्पेरियल, सनी, त्रिशक्ति, दिपशिखा, डायनामिक, श्रीहरि र आर्यतारामार्फत खरिद धेरै भएको छ ।
आज यी ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, हिमालयन पावर पार्टनर, नेपाल पुनर्बीमा, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, युनिभर्सल पावर, एचआईडीसीएल तथा एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
प्रतिक्रिया 4