१० वैशाख, काठमाडौँ । नेपाल भ्रमणमा रहेका चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस बुधबार जेभियर इन्टरनेसनल कलेज कालोपुलमा पुगेका छन् । उनलाई कलेजका सञ्चालक लोकबहादुर भण्डारी, गोपाल भण्डारी लगायतले स्वागत गरेका थिए । उनले कलेजका शिक्षक र विद्यार्थीसँग अन्तर्क्रिया गरे ।
कार्लोसले जर्सीमा आफ्नो सिग्नेचर गर्नेदेखि फुटबलमा अटोग्राफ समेत दिएका छन् । कलेजको तर्फबाट उनलाई पेन्सिल स्केच गरिएको उनको तस्बिर हस्तान्तरण गरिएको थियो ।
कार्लोस नेपाल सुपर लिग(एनएसएल) २०२५ को दोस्रो क्वालिफायर हेर्न मंगलबार नेपाल आएका हुन् । उनी सहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थिए ।
५२ वर्षीय कार्लोसले सन् २०१६ तिर व्यावसायिक फुटबल खेल्न छाडेका थिए। तर, उनको चर्चा अहिलेसम्म पनि अटुट छ, किनभने उनलाई विश्व फुटबल इतिहासकै सर्वकालीन महान् खेलाडीमध्ये मानिन्छ ।
कलेज सञ्चालक भण्डारीले कार्लोसको आगमनले आफूहरू हर्षित भएको बताए । ‘उनका समर्थक विद्यार्थीलाई भेट्न र उनीहरूलाई फुटबल खेलप्रति प्ररित गर्नका लागि कार्लोसलाई कलेजमा उपस्थित गराइएको हो ’ भण्डारीले भने ।
जेभियर इन्टरनेसनलले खेललाई प्राथमिता दिँदै आएको छ । राष्ट्रिय स्तरका खेलाडीलाई प्रशिक्षकको रुपमा राखेर विधार्थीलाई खेलकुदमासाथ सगभागागी गराउँदै आएको भण्डारीले बताए ।
स्कुल तथा कलेज स्तरमा हुने विभिन्न खेल प्रतियोगितामा भाग लिएर शीर्ष उपाधि जित्दै आएको छ ।
प्रतिक्रिया 4