 
																			१३ वैशाख, धनकुटा (सङ्गुरीगढी) । खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
आज धाकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै उनले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्याउने लक्ष अनुसार तीव्र रुपमा काम भइरहेको बताए ।
‘हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौँ । आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका–१ र २ वडाका बासिन्दाहरूका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात गरेको छ,’ मन्त्री यादवले भने ।
यसैगरी मन्त्री यादवले आज शिलान्यास गरिएको आयोजनाले यहाँका बासिन्दाहरूको दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको तथा यसले खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्नेछ भन्ने आफुले बिश्वास लिएको जानकारी दिए ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच संविधानअनुसारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरि जनताको अधिकार सुनिश्चित गर्ने सङ्कल्प रहेको मन्त्री यादवले बताए ।
‘सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने सरकारको अठोट अनुसार, देशभरिका दुर्गम, ग्रामीण तथा पिछडिएको क्षेत्रहरूमा गुणस्तरीय खानेपानी पहुँच पुर्याउने लक्ष्यमा हामी अग्रसर छौँ । यो आयोजना त्यही लक्ष्यतर्फको ठोस पाइला हो,’ उनले भने ।
दीर्घकालीन दृष्टिकोणसहित सञ्चालनमा ल्याइने यो आयोजना सरकारले नागरिकप्रतिको उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धताको स्पष्ट प्रमाण भएकाले अब हाम्रै सहभागिता, सहकार्य र निगरानीले मात्र यसको सफल कार्यान्वयन सम्भव हुने उनको भनाइ थियो ।
आफूले नेपाल सरकारको खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिवद्ध रहेको मन्त्री यादवले जानकारी दिए ।
‘सह–लगानी मोडेललाई सरल र जनमैत्री बनाउने पक्षमा नीति परिमार्जन गर्दै ८५ / १५ मा रूपान्तरण गरिसकेको छु । विकट, दुर्गम, सीमान्तकृत समुदायमा विशेष प्राथमिकता दिन म निरन्तर लागिपरेको छु,’ उनले भने ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4