 
																			१४ वैशाख, विराटनगर । संखुवासभाको खाँदबारीमा एक वृद्धको हत्या भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको सुतिरहेकै स्थानमा हत्या भएको हो ।
संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार घरको बरन्डाको कोठामा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजेतिर वृद्धको हत्या भएको हो ।
घाँटी थिचेर गम्भीर घाइते बनाएको अवस्थामा उनलाई उपचारका लागि मनकामना सामुदायिक अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याए लगतै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
२ जना व्यक्तिहरूले श्रीमानमाथि आक्रमण गरिरहेको देखेपछि उनकी श्रीमतीले हो-हल्ला गरेकी थिइन् । छिमेकी घटनास्थलमा पुग्नुअघि नै आक्रमणमा संलग्नहरू फरार भएका थिए । फरार भएका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4