+

वेस्ट इन्डिजका खेलाडीहरूलाई आईपीएलको अन्त्यसम्मै खेल्न अनुमति

२०८२ जेठ  २ गते ११:२८ २०८२ जेठ २ गते ११:२८
वेस्ट इन्डिजका खेलाडीहरूलाई आईपीएलको अन्त्यसम्मै खेल्न अनुमति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेस्टइन्डिजले आफ्नो खेलाडीहरूलाई आईपीएल २०२५ का बाँकी खेलहरू खेल्न अनुमति दिएको छ, जसले गुजरात टाइटन्स र बेंगलुरु जस्ता टिमहरूलाई लाभ पुर्‍याएको छ।
  • आयोजक बोर्डले खेलाडीहरूको सुरक्षा र प्राथमिकता ध्यानमा राख्दै, वेस्टइन्डिजका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय सिरिज र आईपीएल बीच समन्वय गर्न काम गरिरहेको जनाएको छ।
  • वेस्टइन्डिजका प्रमुख खेलाडीहरू, जस्तै रदरफोर्ड, शेपहर्ड र शमार जोसेफ, आगामी अन्तर्राष्ट्रिय सिरिजहरूमा भाग लिनेछन् र आईपीएलको बाँकी खेलहरू खेल्ने सम्भावना छ।

२ जेठ, काठमाडौं । क्रिकेट वेस्टइन्डिजले आफ्नो खेलाडीहरूलाई अन्तर्राष्ट्रिय सिरिज हुँदा पनि आईपीएल २०२५ का बाँकी खेल खेल्न दिने निर्णय गरेको छ।

यो निर्णयले प्रमुख खेलाडीहरू गुमाउने डरका बीच प्लेअफ पुग्ने उच्च सम्भावनामा रहेका गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरुजस्ता फ्रेन्चाइजलाई राहत पुगेको छ ।

गुजरात र बेंगलुरु दुवै प्लेअफ पुग्ने प्रबल दाबेदार हुन्। यी टिमहरूका लागि शेरफन रदरफोर्ड र रोमारीयो शेपहर्ड जस्ता खेलाडीहरू महत्त्वपूर्ण छन्।

वेस्टइन्डिजबाट आईपीएलमा खेलिरहेका आठ खेलाडीमध्ये रदरफोर्ड, शेपहर्ड र शमार जोसेफ मात्रै आउँदो दुई सिरिजका लागि वेस्टइन्डिज टिममा छन्। बोर्डले भनेको छ कि शमार जोसेफ आईपीएलमा फर्किने छैनन्।

आयरल्यान्ड भ्रमणका लागि रदरफोर्डको स्थानमा जोन क्याम्पबेल र शेफर्डको स्थानमा जेडियाह ब्लेड्स खेल्नेछन्। शिमरोन हेटमायर भने इंग्ल्यान्ड सिरिजमा टिममा फर्किनेछन्।

वेस्टइन्डिजले मे २१, २३ र २५ मा आयरल्यान्डविरुद्ध तीनवटा एकदिवसीय खेल खेल्नेछ र त्यसपछि मे २९, जुन १ र ३ मा इंग्ल्यान्डसँग तीन एकदिवसीय खेल खेल्नेछ। टी-२० सिरिज भने जुन ६ बाट सुरु हुनेछ, जुन बेलासम्म आईपीएल समाप्त भइसकेको हुनेछ।

बोर्डले खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिने बताउँदै बीसीसीआई र आईपीएल फ्रेन्चाइजहरूसँग समन्वय गरेर काम गरिरहेको जनाएको छ।

वेस्ट इन्डिजका अन्य खेलाडीहरूमा निकोलस पूरन लखनउ, आन्द्रे रसेल र सुनिल नरायन कोलकाता, शिमरोन हेटमायर राजस्थानमा छन् जसले पनि बाँकी खेलहरू खेल्ने उच्च सम्भावना छ ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय