+

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट हुने

२०८२ जेठ  २ गते १२:०२ २०८२ जेठ २ गते १२:०२
विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरमा आगामी जेठ ४ देखि १० सम्म टी–१० क्रिकेट च्याम्पियनसिप आयोजना हुँदैछ।
  • प्रतियोगितामा ७ टिमले भाग लिनेछन् र यसको उद्घाटन खेल एन बि एस सि लायन्स र विराटनगर क्रिकेट क्ल्ब एकाडेमी बिच हुनेछ।
  • खेलको प्रत्यक्ष प्रसारण मकालु टेलिभिजन मार्फत हुनेछ।

२ जेठ, काठमाडौं । विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा हुने जनाइएको छ ।

प्रतियोगिता आगामी जेठ ४ गते देखि १० गतेसम्म विराटनगर-६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा एन बि एस सि लायन्स, विराटनगर क्रिकेट क्ल्ब एकाडेमी, एग्रो भेट क्रिकेट क्ल्ब, विराटनगर प्यान्थर्स , युनाइटेड लायन हर्ट्स , मिल्स क्रिकेट क्ल्ब, कोशि प्राइड लिग गरी कुल ७ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको उद्घाटन खेल एन बि एस सि लायन्स र विराटनगर क्रिकेट क्ल्ब एकाडेमी बिच हुनेछ। खेल दिवा र रात्रिकालीन समयमा सञ्चालन हुनेछ ।

खेलको प्रत्यक्ष प्रसारण मकालु टेलिभिजन बाट हुनेछ।

टी–१० च्याम्पियनसिप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय