+
+
Shares
सानदार सामुदायिक स्कुल, :

कान्ति मावि : अंग्रेजी माध्यमले कायापलट

अंग्रेजी माध्यममा पढाइ शुरू गरेको एक वर्षपछि मदन पाण्डेले एसएलसीमा ९१ प्रतिशत र ४७ जनामध्ये २७ जनाले डिस्टिङ्सन ल्याएपछि विद्यालयको चर्चा देशभर चुलियो । त्यसपछि जेहेनदार विद्यार्थी र सचेत अभिभावकको रोजाइमा पर्न थालेको कान्ति माविले पछाडि फर्किनु परेन ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ जेठ २ गते २३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलको कान्ति माविलेले समर्पित पूर्वाधार, नवीन अभ्यास र विद्यार्थी केन्द्रित कार्यक्रमहरू मार्फत शैक्षिक स्तर उकास्न सफल भएको छ।
  • नमूना विद्यालयको रूपमा विकास गर्ने दूरदृष्टिका साथ अगाडि बढ्दा समुदाय र सरकारले साथ दिएपछि कान्ति माविले शैक्षिक गुणस्तर र पूर्वाधारमा फड्को मारेको छ ।
  • देशका ५४ जिल्लाका ५ हजार ५४४ विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । निम्न वर्गका विद्यार्थीको पहुँचका लागि विद्यालयले भर्ना र छात्रवृत्तिमा प्राथमिकता, शिक्षण सिकाइ क्रियाकलापमा थप सहयोग र सहजीकरण गरेको छ ।

सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।

तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।

यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्‍यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।

यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं ।  – सम्पादक

रुपन्देही । बुटवल–४ मा रहेको कान्ति मावि २०६२ सालसम्म गुमनाम थियो ।  कमजोर शैक्षिक गुणस्तर र दयनीय नतिजाका कारण कारबाहीमा समेत परेको थियो, यो विद्यालय ।

विद्यालय वरिपरि सातामा दुई दिन ठूलो हाटबजार लाग्ने हुँदा अधिकांश विद्यार्थी मध्यान्तरपछि पढाइ छाडेर प्लास्टिकका झोला बेच्न हाटबजार जान्थे । त्यतिबेला विद्यालयमा दिवा खाजाको व्यवस्था थिएन, प्लास्टिक झोला बेचेर  विद्यार्थीले केही आम्दानी गर्थे ।

त्यतिबेलाको समाज