+
+
Shares

एनसेल फ्ल्यास सेल्समा अब आकर्षक डेटा प्याकसँगै सामाजिक सञ्जालमा निःशुल्क पहुँच

यो अफर ३ जेठ शनिबारदेखि सुरु भई हरेक शनिबार ३१ जेठसम्म सञ्चालनमा रहने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले प्रत्येक शनिबार २४ घण्टा निःशुल्क अनलिमिटेड सामाजिक सञ्जाल पहुँचको अफर सुरु गरेको छ।
  • यस अफर अन्तर्गत ग्राहकहरूले विभिन्न प्याक किनेर टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबमा अनलिमिटेड पहुँच प्राप्त गर्न सक्छन्।
  • अफरले ग्राहकलाई सस्तो मूल्यमा डिजिटल सेवा र सामाजिक सञ्जाल प्रयोगको सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।

२ जेठ, काठमाडौं । एनसेलले आफ्नो साप्ताहिक फ्ल्यास सेल्स अफर परिमार्जन गर्दै अब आफ्ना ग्राहकलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ ।

यो अफर ३ जेठ शनिबारदेखि सुरु भई हरेक शनिबार ३१ जेठसम्म सञ्चालनमा रहने छ । शनिबारका दिनमात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकले विभिन्न चार वटा प्याक किन्दा बिनाकुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राम वा अनलिमिटेड युट्युब पाउनेछन् । सोसल मिडिया मार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ सेवा भने उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

फ्ल्यास सेल्समा डबल मजा, डेटा रिन्युअल र दुई प्रकारका होम एन्ड अवे रिन्युअलका गरी चार वटा प्याक समावेश छन् ।

यस अफर अन्तर्गत ग्राहकले करसहित १ सय ५० रुपैयाँमा डबल मजा प्याक लिँदा ७ दिन समयावधि रहेको ७ जीबी डेटा पाउँछन् । यसबाहेक एकदिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउने सुविधा पाउँछन् ।

त्यसैगरी करसहित २ सय ९९ रुपैयाँ पर्ने डेटा रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रूपमा २४ घण्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् ।

ग्राहकले धेरै रुचाएका दुई होम एन्ड अवे रिन्युअल प्याक पनि यो अफरमा समावेश छन् । ५ सय ९९ रुपैयाँको होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घण्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन् ।

अर्को ७ सय ९९ रुपैयाँको होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयावधि रहेको ६५ जीबी पाउँछन् र साथै २४ घण्टाका लागि युट्युबमा अनलिमिटेड पहुँच पाउँछन् ।

यो फ्ल्यास सेल्स अफरले ग्राहकलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धता प्रतिविम्बित गर्दछ । डेटा सेवाको माग र सामाजिक सञ्जाल प्रयोग बढिरहेको अवस्थामा, अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधा सहित आउने यी प्याकले ग्राहकलाई थप फाइदा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?