+
+
Shares

वीरगञ्जमा जसपा नेपालको खबरदारी सभा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा सबै उत्पीडित समुदायलाई समेटेर खबरदारी सभा आयोजना गरेको छ।
  • यस कार्यक्रममा विभिन्न समुदायका नेताहरू र संघसंस्थाका प्रतिनिधिहरूले भाग लिएका छन्।
  • अवधारणा पत्रले उत्पीडित समुदायहरूको अधिकार, समानता, र सामाजिक न्यायका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

३ जेठ, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालले खबरदारी सभा आयोजना गरेको छ । पार्टीको केन्द्रीय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर वीरगञ्जमा वृहत् अन्तरक्रियासहितको खबरदारी सभा आयोजना गरेको हो ।

जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले खबरदारी सभा आयोजना भएको पार्टी प्रचार प्रसार विभागले जनाएको छ ।

सभामा उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघ–संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागीता छ ।

सभामा परिसंघको कार्यदिशा, आगामी कार्यभार र उद्देश्यहरू समेटिएको ३५ बुँदे अवधारणा पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले १३ पृष्ठको उक्त अवधारणा पत्र प्रस्तुत गरेका हुन् ।

अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उल्लेख छ ।

उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न संघर्ष गरिने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?