
News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा ५५ वर्षीय पुरुषको शव फेला परेको छ, नाम र वतन खुल्न सकेको छैन।
- बाजुरामा ६० वर्षीय रुपजंग कार्की मृत भेटिएर घटनाको अनुसन्धान भइरहेको छ।
- दुई ठाउँमा मृत भेटिएका व्यक्तिहरूको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
५ जेठ, धनगढी । कञ्चनपुर र बाजुरामा दुई जना मृत अवस्थामा भेटिएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ को खल्लास्थित महाकाली नदीको किनारामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ ।
उनको नाम थर र वतन नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।
यस्तै, बाजुरामा पनि एक जना मृत भेटिएका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को घाघरामा सोही ठाउँ बस्ने ६० वर्षीय रुपजंग कार्की मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4