+
+
Shares

प्रचण्डले पार्टीभित्र उत्तराधिकारीको शृंंखला तयार पार्नुभएको छ : वर्षमान

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वपछि माओवादी पार्टी कुन रूपमा चल्छ भन्ने बहस निरर्थक रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलेउपयुक्त समय आएपछि विधिबाटै पार्टीको भावी नेतृत्व तय हुने बताएका छन् ।
  • गत महाधिवेशनमा नेतृत्वको शृंखला तयार पार्ने विधि प्रस्ताव गरेको र त्यस प्रकारको अभ्यास आरम्भ भएको उनको भनाइ छ ।
  • पुनले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र स्वार्थ समूहको भएको आरोप लगाएका छन् ।

५ जेठ, भक्तपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वपछि माओवादी पार्टी कुन रूपमा चल्छ भन्ने बहस निरर्थक रहेको बताएका छन् ।

पार्टी सम्वद्ध योङ कम्युनिष्ट लिग (वाईसीएल) को बागमती प्रदेशको अधिवेशनलाई सोमबार भक्तपुरमा उदघाटन गर्दै पुनले उपयुक्त समय आएपछि विधिबाटै पार्टीको भावी नेतृत्व तय हुने बताए ।

अध्यक्ष प्रचण्डले नै पार्टीको गत महाधिवेशनमा नेतृत्वको शृंखला तयार पार्ने विधि प्रस्ताव गरेको भन्दै पुनले सबै तहका पार्टी कमिटी र जनवर्गीय संगठनहरूमा त्यस प्रकारको अभ्यास आरम्भ भएको उल्लेख गरे ।

पार्टी नेतृत्व भनेको व्यक्ति नभई टिम भएको भन्दै नेताहरूको बीचबाट चयन भएको नेताले पार्टी हाँक्ने उनले उल्लेख गरे ।

‘कति मान्छेहरू भन्छन् कमरेड प्रचण्डपछि तिम्रो पार्टीमा नेता को हो ? माओवादी पार्टी रहन्छ ? हामी भन्छौं रहन्छ र पार्टी चल्छ । अध्यक्षजस्तो टावरिङ पर्सनालिटी त नहोला तर, उहाँले जसरी हामीले विधिमा नेतृत्व पंक्तिलाई तयारी गरेका छौं । नेतृत्व टिमबाट तयार हुन्छ । नेताहरूको बीचबाट एउटा नेताले नेतृत्व गर्छ,’ पुनले भने, ‘कमरेड प्रचण्डकै प्रस्तावमा हामीले गत महाविशनबाट जनवादी ढंगले नेतृत्वको शंखला तयार गर्नेबारे विधि बनाएका छौं ।’

प्रचण्डले जनयुद्धको तयारी, जनयुद्ध सञ्चालन, शान्ति प्रक्रिया हुँदै समाजवादको आधार तयार पार्ने कामसम्मको नेतृत्व गरेको भन्दै पुनले पछिल्लो समय उनीप्रति थप आकर्षण बढेको दाबी गरे । ‘कमरेड प्रचण्ड र पार्टी नेतृत्वप्रति देशभर जनतामा आकर्षण बढेको छ,’ पुनले भने ।

तत्कालीन आकस्मिकता र सामूहिक आवश्यकताको बीचबाट नेतृत्वको जन्म हुने उनको भनाइ थियो । ‘अध्यक्ष कमरेड प्रचण्ड र उहाँका पुस्ताका नेताहरू इतिहासको आवश्यकता र आकस्मिकताले पैदा गरेका नेताहरू हुनुहुन्छ । प्रचण्डको नेतृत्व प्राधिकारका रूपमा निर्माण भएको थियो’, उनले भने ।

पुनले अझै केही समय प्रचण्डको नेतृत्वलाई बलियो र सम्मानित बनाएर लैजानुपर्नेमा पार्टीभित्र कसैको फरक मत नरहेको स्पष्ट गरे ।

फरक प्रसंगमा पुनले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र स्वार्थ समूहले बनाएको हो भन्ने आमजनतामा स्थापित भएको जिकिर गरे । गाउँगाउँसम्म अहिलेको सरकार बिचौलियाको हो भन्ने स्थापित भएको उनको भनाइ थियो ।

‘अध्यक्ष प्रचण्डसहित हामीले संसद्बाटै यो सरकार बिचौलियाले बनाएको हो भन्दै आयौं । सुरुमा हाम्रो कुरालाई सरकारबाट हट्दाको पीडा भन्ने गरिन्थ्यो । एक वर्ष बित्दै गर्दा अहिले सबैजसोले त्यही भन्न थाले,’ पुनले भने, ‘गाउँगाउँका जनता र गृहणीहरूसम्मले यो सरकारलाइ बिचौलियाले बनाएको सरकार भनिरहेका छन् । अझ कतिपय अवस्थामा त हामीले कम भनेको जस्तो हुने गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?