+
+
Shares
टेलिभिजन :

कमेडी नाइट विथ च्याम्पियन्स : माया भाउजुसँग दिलिप रायमाझीको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘कमेडी नाइट विथ च्याम्पियन्स’को आठौं एपिसोड मंगलबार प्रसारित भयो।
  • अधिकांश कलाकारहरूले नृत्य र हास्य प्रस्तुतिहरू मार्फत दर्शकलाई मनोरञ्जन दिए।
  • कार्यक्रम हिमालय टिभी र युट्युबमा हरेक मंगलबार राति ९ बजे प्रसारण हुन्छ।

काठमाडौं । टेलिभिजनको हास्य कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को आठौं एपिसोड मंगलबार प्रसारित भयो । यो एपिसोड ‘मेरो डान्स युनिभर्स सिजन २’ को प्रचारप्रसारमा केन्द्रित थियो ।

कार्यक्रममा पाहुना थिए- अभिनेता दिलिप रायमाझी, नृत्य निर्देशक शंकर बीसी र अभिनेत्री शिल्पा मास्के । यी तीनैजना नृत्यमा आधारित उक्त शोका निर्णायक हुन् ।

यो एपिसोडमा कमेडियन सुमन कार्कीले रमाइलो माहोल सिर्जना गर्दै स्टेजमा प्रवेश गरे । गीत, गफ र गजबको अभिनयले उनले दर्शकलाई खुबै हँसाए ।

सुमनको प्रस्तुतिसँगै स्टेजमा देखिए कैलाश कार्की, जसले अभिनेता रायमाझीको क्यारिकेचर गर्दै ‘पिलिप रायमाझी’को पात्रमा दर्शकलाई हँसाए । उनका हावभाव र संवादले पाहुना कलाकारले हाँसो रोक्न सकेनन् ।

त्यसपछि प्रवेश गरे पवन भट्टराई ‘हरिबहादुर’को भूमिकामा । पाका कलाकार हरिवंश आचार्यको झल्को दिने उनको अभिनय, संवाद र पाहुनासँगको संवादले स्टेजलाई थप रोचक बनायो ।

भट्टराईको प्रस्तुतिपछि स्टेजमा आए प्रभात लामा ‘माया भाउजु’ को चर्चित पात्रमा । महिलाको भूमिकामा उनले प्रस्तुत गरेको हाउभाउ, संवाद र ब्यंग्यले दर्शकको मन जित्न सफल भयो । अहिले ‘माया भाउजु’ प्रभातको सबभन्दा मन पराइने पात्रमध्ये एक बनिसकेको छ ।

कार्यक्रमको अन्त्यतिर सुमन कोइराला र सन्तोष थापाले जोडाको भूमिकामा स्टेज सम्हाले । उनीहरूको आपसी संवाद, मिलनसार प्रस्तुति र पाहुनासँगको घुलमिलले शो हाँसो र मनोरञ्जनमय बन्यो ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’ हिमालय टिभीमा हरेक साताको मंगलबार राती ९ बजे प्रसारण र युट्युबमा ओएसआर रियालिटी च्यानलबाट स्ट्रिमिङ हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?