News Summary
Generated by OK AI. Editorially reviewed.- शहीद स्मारक बी डिभिजन लिगमा बिहीबार तीन खेल सम्पन्न भए ।
- आरसिटी, ब्वाइज युनियन र वीरगंज युनाइटेडले जित हासिल गरे ।
- लिगको अन्तिम दुई खेल शुक्रबार दशरथ रंगशलामा आयोजना हुनेछ ।
८ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा बिहीबार भएको खेलमा अन्नपूर्ण क्लब आरसिटी, ब्वाइज युनियन क्लब र वीरगंज युनाइटेडले जित हात पारेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आरसिटीले श्री कुमारी क्लबला२ ४-१ ले पराजित गर्दै लिग अन्त्य गर्यो । आरसिटीका लागि विवेक राईले ३६औं र ५९औं मिनेटमा गोल गरे । यस्तै अजित गुरुङले ५४औं र ८२औं मिनेटमा गोल गरे ।
श्री कुमारीका लागि राज कुमार स्याङ्गतानले ८४औं मिनेटमा एक गोल फर्काए ।
एन्फा कम्प्लेक्समै भएको अर्को खेलमा वीरगंज युनाइटेडले ब्रिगेड ब्वाइजलाई ३-१ ले हरायो । वीरगंजका लागि कृपाकान्त महतो थारुले २५औं, सागर रत्न थारुले ६१औं र अमर डंगोलले ७८औं मिनेटमा गोल गरे ।
त्यसअघि रोमन श्रेष्ठले २०औं मिनेटमा गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएपनि कायम राख्न सकेन ।
यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्वाइज युनियनले बाँसबारी युथ क्लबलाई ४-३ ले हरायो । बाँसबारीका सन्दिप लिम्बुले ह्याट्रिक गरेपनि टिमको हार टार्न सकेनन् ।
ब्वाइज युनियनका लागि सन्जिव लामाले खेलको चौथो मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै सुजन स्याङ्गतानले ४८औं, सुसन लामाले ८५औं र सुजन श्रेष्ठले इन्जुरी टाइममा गोल गरे ।
ब्वाइज युनियनका सन्जिवले २२औं, ६६औं र ८८औं मिनेटमा गोल गरे ।
जितपछि ब्वाइज युनियन १३ खेलबाट २२ अंक जोडेर तेस्रो स्थानमा लिग सकाएको छ । यस्तै वीरगंज युनाइटेडले १३ खेलबाट २० अंक जोडेर चौथो स्थानमा उक्लेको छ । आरसिटीले १३ खेलबाट १८ अंक जोडेको छ । आरसिटी छैटौं स्थानमा उक्लेको छ ।
अब बी डिभिजन लिगमा अन्तिम दुई खेल शुक्रबार हुनेछ । ए डिभिजनमा बढुवा भइसकेको प्लानिङ ब्वाइज युनाइटेडले टुसाल युथ क्लब र श्री भवगती क्लबले सरस्वती युथ क्लबसँग खेल्नेछ । दुवै खेल दशरथ रंगशालमा हुनेछ ।
प्रतिक्रिया 4