+

बी डिभिजन लिग : श्री भगवती क्लब अन्तिम खेलमा पराजित

२०८२ जेठ  ९ गते १७:५५ २०८२ जेठ ९ गते १७:५५
बी डिभिजन लिग : श्री भगवती क्लब अन्तिम खेलमा पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्री भगवती क्लब सहिद स्मारक बी डिभिजन लिगको अन्तिम खेलमा पराजित भएको छ।
  • खेलमा सरस्वतीका सविन लुंगेली मगर र नरेश कुमार खत्रीले अन्तिम समयमा गोल गरे।

९ जेठ, काठमाडौं । ए डिभिजन लिगमा बढुवा भएको श्री भगवती क्लब सहिद स्मारक बी डिभिजन लिगको अन्तिम खेलमा पराजित भएको छ ।

दशरथ रंगशालमा भएको अन्तिम खेलमा श्री भगवतीलाई सरस्वती युथ क्लबले पुनरागमन गर्दै ३-२ ले पराजित गरेको हो ।

सरस्वतीका लागि नर्बु तामाङ, सविन लुंगेली मगर र नरेश कुमार खत्रीले १-१ गोल गरे । भगवतीका लागि दुवै गोल विक्रान्त नरसिंह रानाले गरे ।

खेलको ९० मिनेटसम्म २-१ ले अघि रहेको भगवतीले अन्तिमसम्म अग्रता जोगाउन सकेन । इन्जुरी समयमा सविन र नरेशले गोल गर्दै सरस्वतीलाई जिताए ।

यसअघि आज भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले फराकिलो जित निकाल्दै लिगमा अपराजित रह‍्यो ।

प्लानिङ र भगवती ए डिभिजनमा बढुवा भएका छन् ।

बी डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय