+
+
Shares

२० हजार रुपैयाँ घुससहित मालपोत कार्यालय कोहलपुरका खरिदार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयको खरिदार हरिचन्द्र पाण्डेलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ।
  • आयोगका अनुसार लेखापढी व्यवसायी शान्ति पुनमार्फत २० हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा उनी पक्राउ परेका हुन् ।

९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार खरिदार पाण्डेले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीसहित तीन जनालाई पक्राउ गरिएको हो ।

पाण्डेले लेखापढी व्यवसायी शान्ति पुनमार्फत घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारको टोली कोहलपुरस्थित मालपोत कार्यालय पुगेको थियो ।

नेपालगञ्जबाट गएको आयोग टोलीले कोहलपुर नगरपालिका-११ स्थित तिवारी रेस्टुरेन्टबाट पाण्डे, पुन र रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

आयोगका प्रवक्ता पौडेलका अनुसार खरिदार पाण्डेले लेखापढी व्यवसायी पुनमार्फत सेवाग्राहीसँग उक्त रकम लिएर रेस्टुरेन्ट सञ्चालक तिवारीलाई राख्न दिएका थिए ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?