+
+
Shares

मानगढ खानेपानीमा ३ हजार ९६४ मत खस्यो, २ हजार सहभागी भएनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १० गते २०:०९

१० जेठ, विराटनगर । मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३ हजार ९६४ मत खसेको छ । आयोजनाको व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो । संस्थामा ५ हजार ९८८ मतदाता थिए । तर २ हजार २४ जना मतदान निर्वाचनमा सहभागी भएनन् ।

उच्च अदालत विराटनगरको आदेशपछि दोस्रो पटक भएको निर्वाचनमा ३ हजार ९६४ मत खसेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार उम्मेदवारका प्रतिनिधिसँगको छलफलपछि मतगणना सुरु हुनेछ ।

नयाँ नेतृत्वका लागि लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंको प्यानल चुनावी मैदानमा छ । भट्टराई र घिमिरे नेकपा एमालेका उम्मेदवार हुन् । चापागाईं नेपाली कांग्रेसको उम्मेदवार हुन् ।

मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि २०८१ जेठ १९ मा मतदान भएको थियो । ३ हजार २०० बढी मत खसेपछि सुरु भएको विवाद अदालतमा पुगेको थियो । उच्च अदालत विराटनगरले पुन मतदान गर्नुपर्ने फैसला गरेपछि आज मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?