+

पीएम कप एनभीए लिग :  हेल्प नेपाल र गण्डकीको लगातार तेस्रो जित

२०८२ जेठ  १० गते २२:०९ २०८२ जेठ १० गते २२:०९
पीएम कप एनभीए लिग :  हेल्प नेपाल र गण्डकीको लगातार तेस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साविक विजेता टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशले पीएम कप एनभीए लिगमा लगातार तेस्रो जित हात पारेको छ ।
  • पुरुषतर्फ आर्मीले पाँचौं सेटमा मणिमुकुन्दलाई पराजित गर्दै पहिलो जित निकालेको हो ।
  • महिला भलिबल लिगमा नेपाल पुलिस क्लब, न्यु डायमण्ड र नेपाल एपीएफ क्लबले दोस्रो जित हासिल गरे ।

१० जेठ, काठमाडौं । साविक विजेता टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशले नवौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ लगातार तेस्रो जित हात पारेको छ ।

पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले नेपाल एपीएफ क्लबलाई सोझो सेटमा पराजित गर्दे अपराजित यात्रा कायम राखेको छ । लगातार तीन जितपछि हेल्प नेपालले ९ अंक जोडेको छ ।

पोखराको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले एपपीएफलाई २५-२१, २५-२२,२५-२१ को सेटमा हरायो ।

त्यसअघि गण्डकी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराएउँदै लगातार तेस्रो जित हात पारेको हो । यसअघि लगातार दुई खेल जितेको पुलिसको भने यो पहिलो हार हो । पाकिस्तानी खेलाडी सम्मिलित गण्डकी प्रदेशले पुलिसलाई २५-२२, २५-२२, २५-२३ ले पराजित गर्‍यो । गण्डकीको पनि लगातार तीन जितबाट ९ अंक नै छ ।

पुरुषतर्फ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले भने लगातार दुई हारपछि पहिलो जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले पुनरागमन गर्दै मणिमुकुन्द भलिबल क्बललाई ३-२ को सेटमा हरायो ।

मणिमुकुन्दले २-१ को अग्रता लिँदै जित नजिक पुगेपनि आर्मीले सानदार पुनरागमन गर्दै अन्तिम दुई सेट आफ्नो पक्षमा पारेर खेल जितेको हो । पहिलो सेट मणिमुकुन्दले २५-२० ले जितेको थियो । तर आर्मीले पुनरागमन गर्दै दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै खेल १-१ को स्थितीमा पुर्‍यायो ।

तेस्रो सेट टाइब्रेकमा २७-२५ ले मणिमुकुन्द्रले आफ्नो पक्षमा पारेपछि २-१ को अग्रता बनायो । जित्नैपर्ने चौथो सेट आर्मीले २५-२२ ले आफ्नो पक्षमा पारेपछि खेल २-२ को रोमाञ्चक स्थितीमा पुग्यो ।

पाँचौ तथा निर्णायक सेटमा आर्मीले सुरुवात देखि नै अग्रता बनाउँदै १५-१० ले आफ्नो पक्षमा पारेर खेल जित्यो ।

जारी प्रतियोगितामा पाँचौं सेटमा पुगेर नतिजा आएको यो पहिलो खेल हो ।

आर्मी यसअघि हेल्प नेपाल र गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

यस्तै महिलातर्फ आजै भएको खेलमा न्यु डायमण्ड, नेपाल‌ एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।  तीनै टोलीले लगातार दोस्रो खेल जितेका हुन् ।

महिलातर्फको पहिलो खेलमा पुलिसले कर्णालीलाई२५-५, २५-९,२५-११ को सेटमा हरायो ।

यस्तै विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २५-७, २५-२३, २५-२० ले हरायो ।

न्यु डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३-१ को सेटमा हरायो । थाइल्याण्डका तीन खेलाडी समावेश गरेको एभरेष्टले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै राम्रो सुरुवात गरेपनि कायम राख्न सकेन । न्यु डायमण्डले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो ।

न्यु डायमण्डले दोस्रो, तेस्रो र चौथो सेट क्रमश: २५-२३, २५-१४,२५-२२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

 

पीएम कप एनभीए भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय