News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्ली क्यापिटल्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गर्यो।
- समीर रिज्भीले अविजित ५८ रन बनाएर दिल्लीलाई जित दिलाए।
- पञ्जाबले २०६ रन बनाएपछि दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
१० जेठ, काठमाडौं । युवा ब्याटर समीर रिज्भीको अविजित अर्धशतकमा दिल्ली क्यापिटल्सले शीर्ष २ को होडमा रहेको पञ्जाब किङ्सलाई पराजित गरेको छ । दिल्लीले पञ्जाबलाई ६ विकेटले हराएको हो ।
पञ्जाबले दिएको २०७ रनको लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । रिज्भीले २५ बलमा अविजित ५८ रनको पारी खेले । करुण नायरले ४४ तथा केएल राहुलले ३५ रन बनाए ।
पञ्जाबका हरप्रित ब्रारले २ विकेट लिँदा प्रविण दुबे र मार्को यानसेनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर २०६ रन बनाएको थियो । कप्तान श्रेयस अय्यरले ५३ रन बनाउँदा मार्कस स्टोइनिसले १६ बलमा अविजित ४४ रन बनाए ।
दिल्लीका मुस्तफिजुर रहमानले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । विपराज निगम र कुलदीप यादवले २-२ तथा मुकेश कुमारले १ विकेट लिए ।
योसँगै १३ खेलमा १७ अंक भएको पञ्जाब दोस्रो स्थानमा यथावत् छ । शीर्ष २ मा पुग्न अझै पनि चारवटै टोलीको सम्भावना छ ।
यसअघि बिहीबार शीर्षको गुजरात, शुक्रबार दोस्रोमा रहेको बेंगलुरुले पनि प्लेअफ होडबाट बाहिरिएका टोलीसँग हार बेहोरेका थिए ।
प्रतिक्रिया 4