+
+
Shares

माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।
  • उनले भिजिट भिसा प्रकरण र भुटानी सरणार्थी काण्डको छानबिन गर्न आग्रह गरे।

११ जेठ, विराटनगर । नेकपा माओवादी केन्द्रले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसकै नेताहरुले छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘हिजो प्रतिपक्षमा हुँदाखेरी सहकारीलगायतको विषयमा कुरा उठाएर नैतिकताको हिसाबमा राजीनामा दिनुपर्छ भनेर संसदमा माइक फुट्नेगरी कराउने नेता आज त्यहीँ पार्टीका धेरै नेताले राजीनामा दिनुपर्छ भनेर भनिसक्नु भएको छ, तर लाजै लजाउने गरी यो मुलुक लुटेराहरुले नै नेतृत्व गरिरहेको छ जस्तो गरेर बसिरहनु भएको छ,’ उनले भने,‘ देशको बदनाम हुनेगरी भ्रष्टाचारको पहल कदमीको नेतृत्व गरिरहनु भएको छ, उहाँलाई नैतिकताका आधारमा राजीनामा गर्न र सम्बन्धित पार्टीलाई त्यस्ता मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गर्छु ।’

उनले भुटानी सरणार्थी प्रकरणलाई पनि विर्साउने गरी भिजिट भिषा काण्ड बाहिर आएको बताए । ‘भुटानी सरणार्थी काण्डलाई पनि बिर्साउने गरी नेपालमा भिजिट भिसा प्रकरण मुलुकमा देखा परेको छ,’ उनले अघि भने,‘ हामी धेरैले भर्न्थ्यौ यो सरकार बिचौलियाहरुले बनाएको हो, तर त्यसलाई पनि उछिनेर मुलुकको इज्जत अन्तरराष्ट्रिय रुपमा बिस्थापित हुँदै गइरहेको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?