+
+
Shares

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

यो निर्णयपछि को–को बाहिरिन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १९:११
आइतबार बसेको एमाले सचिवालय बैठक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ।
  • सचिवालय बैठकले यस निर्णयसँगै वरिष्ठ पदाधिकारीहरू बाहिरिने छन्।
  • अनेरास्ववियुको महाधिवेशन आगामी २५–२८ जेठमा कीर्तिपुरमा आयोजना हुनेछ।

११ जेठ, काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो । उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् ।

नेतृत्वको स्वभाविक दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् । अध्यक्ष पदका बलिया दाबेरदार रहेका महासचिव नरेश रोकाया पनि उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् ।

सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हदका कारण संगठनबाट बारिने भएका छन् ।

३२ वर्ष उमेर नकटेका सचिवहरु दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले भने नेतृत्वमा दावी गर्न सक्नेछन् । अर्थात् उमेर हदका कारण यी जना पदाधिकारी स्वभाविक नेतृत्वको दाबेदार बनेका छन् ।

अनेरास्ववियुको आगामी २५–२८ जेठमा महाधिवेशन हुँदैछ । कीर्तिपुरमा हुने यही महाधिवेशनबाट उमेर हद लगाउने एमालेले निर्णय गरेको छ । बैठक स्रोतका अनुसार पार्टी सचिव योगेश भट्टराईले आगामी महाधिवेशनबाट लागू हुनेगरी निर्णय गर्न प्रस्ताव गरेका थिए ।

‘अहिले अध्यक्ष हुने भनेर खालको तयारी धेरै अगाडि बढाइसकेका छन्, अर्कोपटक लागू गर्दा कसो होला ?’, सचिव भट्टराईले विकल्प प्रस्तुत गरेका थिए ।

तर अध्यक्ष केपी शर्मा ओलीले यही महाधिवेशनबाट उमेर हद लगाएर जानुपर्ने निर्णय सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?