+
+
Shares

प्रतितोला १६ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ घटाएको जनाएको छ।
  • सुनको भाउ १४ जेठमा १ लाख ८९ हजार ३ सय रुपैयाँ तोकिएको छ।
  • चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको छ।

१४ जेठ, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको भाउले हालसम्मकै उच्च मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ बनाएको रेकर्ड छ ।

सुनको भाउ घट्दा पनि चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९९५ रुपैयाँ रहेको चाँदी आज २ हजार ५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?