+
+
Shares

२० जेठको संसद्‍ बैठक अवरोध गर्छौं : मनिष झा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १८:२१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा ले २० जेठमा संसद् बैठक अवरोध गर्ने घोषणा गरेको छ।
  • भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ।

१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० जेठमा बस्ने प्रतिनिधिसभाको बैठक अवरोध गर्ने भएको छ ।

बुधबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले २० जेठको संसद् बैठक चल्न नदिने बताए ।

जिम्मेवार प्रतिपक्षी दल भएका कारण १५ जेठमा सरकारलाई बजेट प्रस्तुत गर्न दिएको विपक्षी दलहरूको भनाइ छ ।

बुधबारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले १५ जेठमा बजेट ल्याउने भनी संविधानमै व्यवस्था गरिएकाले विपक्षी दलहरूले सदन चल्न दिएको बताएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेर रास्वपा लगायत विपक्षी दलहरूले यसअघिको संसद्‍ बैठक अवरोध गर्दै आइरहेका छन् ।

झाका अनुसार भिजिट भिसा प्रकरणमा गृहमन्त्रीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग समेत राखेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल समय २०-२३ जेठ तय भएको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?