
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलले नाम दर्ता परीक्षा परिणाम प्रकाशित गरी ७७.९९ प्रतिशत उत्तीर्णता जनाएको छ।
- परीक्षा सहभागी २ हजार ७७ जना मध्ये १३ जना अनुपस्थित थिए।
- मेडिकल र डेन्टल क्षेत्रको परीक्षा परिणाम अनुसार मेडिकलमा ७६.६२ प्रतिशत र डेन्टलमा ८२.६० प्रतिशत सफलता प्राप्त भएको छ।
१६ जेठ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १२ देखि १५ जेठसम्म सञ्चालित नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
परीक्षाको नतिजाअनुसार कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कुल २ हजार ९० जना परीक्षार्थी दर्ता भएकामध्ये २ हजार ७७ जनाले परीक्षामा सहभागिता जनाएका थिए ।
१३ जना परीक्षार्थी अनुपस्थित रहेको काउन्सिलले जनाएको छ । मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको यस परीक्षामा मेडिकल क्षेत्रतर्फ १ हजार ६११ जना दर्ता भएकामध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए ।
तीमध्ये १ हजार २२६ जना उत्तीर्ण भएका छन्, जुन ७६.६२ प्रतिशत सफल भएका छन् । डेन्टल क्षेत्रतर्फ ४७९ परीक्षार्थी दर्ता भएकामध्ये ४७७ जनाले परीक्षा दिएका थिए । तीमध्ये ३९४ जना उत्तीर्ण भएका छन्, अर्थात ८२.६० प्रतिशत सफल भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4