
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटकी सुनिता बलामीको मृत्यु भएको छ ।
- दुर्घटनामा घाइते नुवाकोकै मानबहादुर बलामीको उपचार भइरहेको छ।
- उनीहरु चित्लाङबाट काठमाडौं आउँदै थिए ।
१८ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी छिन् ।
मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि चढेकी थिइन् ।
मोटरसाइकल चालक नुवाकोटको ककनी– १ कै मानबहादुर बलामी घाइते छन् । उनको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । मोटरसाइकल भने थानकोट प्रहरी वृत्तमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4