News Summary
Generated by OK AI. Editorially reviewed.- एरिका गुरुङले कराते वान प्रिमियर लिगमा सेमिफाइनलसम्म पुगेकी छन्।
- सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग टाई भएपछि सेन्सुका आधारमा पराजित भइन्।
- उनी अब कांस्य पदकका लागि क्लेमेन्स पिएसँग खेल्नेछिन्।
१८ जेठ, काठमाडौं । नेपालकी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा सानदार प्रदर्शन गरेपनि सेन्सुका आधारमा सेमिफाइनलमा स्पेनकी खेलाडीसँग पराजित हुँदा कांस्य पदकका लागि खेल्नुपर्ने भएकी छन् ।
मोरोक्कोको रावतमा भइरहेको कराते लिगको ठूलो प्रतियोगितामा एरिकाले सेमिफाइनलसम्म सानदार प्रदर्शन गरेकी थिइन् ।
त्यसक्रममा उनले टर्की, इटली जस्ता खेलाडीलाई हराएकी थिइन् । तर सेमिफाइनलमा भने स्पानिस खेलाडी मारिया टोरेस गार्सियासँग ५-५ को टाई भएपछि सेन्सुका आधारमा गार्सिया फाइनल पुगिन् ।
अब एरिकाले कांस्य पदकका लागि क्लेमेन्स पिएसँग खेल्नेछिन् । खेल आइतबार हुनेछ ।
नेपाली कराते टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले नेपाली कराते इतिहासमै यो सबैभन्दा ठूलो प्रदर्शन भएको बताएका छन् ।
‘स्पेनको खेलाडीसँग बराबरी अंक जोडेर सेन्सुमा पराजित भयो । म धेरै गर्व गर्छु । उनले फेसबुकमा लेखेका छन् ।‘
प्रतिक्रिया 4