+
+
Shares

कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

पार्टी अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले आजै अपराह्न ५ बजे बस्ने गरी केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा नेपालले १८ जेठ काठमाडौंमा आकस्मिक बैठक बोलाएको छ।
  • पार्टी अध्यक्ष कमल थापा पक्राउ परेपछि बैठकको आयोजना गरिएको हो।
  • पक्राउपछि थप रणनीति तय गर्न बैठक बस्न लागेको महामन्त्री राजाराम बर्तौलाले बताए।

१८ जेठ, काठमाडौं । राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी महामन्त्री राजाराम बर्तौलाले आइतबार अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बस्न लागेको जानकारी दिए ।

पार्टी अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो ।

राजसंस्था तथा हिन्दूराज्य पुनस्र्थापना तथा संघीयता खारेजीलगायतका माग राखेर राजावादीहरूले गरिरहेको आन्दोनलको क्रममा आइतबार नक्सालस्थित प्रहरी मुख्यालयनजिकबाट अध्यक्ष थापा पक्राउ परेका छन् ।

अध्यक्षको पक्राउपछि थप रणनीति तय गर्न बैठक बस्न लागिएको महामन्त्री बतौंलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?