+
+
Shares

भुइँकटहरको भाउ घट्यो, कतिमा किन्न पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ११:५२

१९ जेठ, काठमाडौं । बजारमा भुइँकटहरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ घटेको देखाएको हो ।

आज सोमबार भुइँकटहरको भाउ प्रतिगोटा २० रुपैयाँले घटेको छ । हिजो आइतबार कालीमाटी बजारमा भुइँकटहर प्रतिगोटा १ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने भुइँकटहरको प्रतिगोटा मूल्य १ सय ७० रुपैयाँ कायम छ ।

भुइँकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुइँकटहर नेपालमा तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।

भुइँकटहर खुद्रा व्यवसायीले काटेर पनि बिक्री गर्ने गरेका छन् । खुद्रा पसलमा भुइँकटहर प्रतिगोटा २ सयदेखि २२० रुपैयाँसम्म बेच्ने गरेको पाइन्छ । फलफूल तथा जुस पसलमा भुइँकटहरको जुस मात्रै पनि किन्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?