+
+
Shares

सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्

संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजेपनि सम्भव नभएको ओलीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १४:३८

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने बताएका छन् । संसदीय दलको बैठकमा बोल्दै ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने बताएका हुन् ।

‘यसरी चल्दैन । तपाईँहरू तयारी भएर बस्नुहोस् । उहाँहरू (विपक्षी) कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ’, ओलीले भने । संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजेपनि सम्भव नभएको ओलीले बताए ।

‘धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला’, ओलीले भने, ‘म भन्न चाहन्छु, यस्तो नचाहिदा कुरामा संसद रोकेर देशलाई बर्वाद पार्ने काम गर्न हुँदैन ।’

ओलीले गृहमन्त्रीको राजीनामा नआउने पनि बताए ।

‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा । केही तथ्य प्रमाण केहीले छोएको छैन । एउटा कर्मचारीलाई बोलाएर सोध्यो भनेको भरमा,’ प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा कसैको माग्यो, नभए संसद् अवरोध यस्तो हुँदैन ।’

संसद् अवरोध गर्ने कार्य प्रतिगमन, असंवैधानिक र अलोकतान्त्रिक भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?