
News Summary
Generated by OK AI. Editorially reviewed.- २० जेठमा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा थाइल्याण्डका सोमसाक पचा र भारतीय पेरेरा गिफिन छन्, जसले १० किलो ४२० ग्राम गाँजा बोकेका थिए।
- उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पठाइएको छ।
२० जेठ, काठमाडौं । थाइल्याण्डबाट १० किलो ४२० ग्राम लागु औषध गाँजा बोकेर आएका दुई जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोमसाक पचा र भारतीय नागरिक २९ वर्षीय पेरेरा गिफिन छन् । उनीहरुलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।
सोमबार राति नेपाल एअर लाइन्सको उडानमार्फत उनीहरु काठमाडौं आएका थिए ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4