+
+
Shares

मुद्दा मिलाइदिने भन्दै ठगी आरोपमा सिरहाबाट एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानका अनुसार, महतोमाथि सवारी ज्यान मुद्दामा संलग्न व्यक्तिलाई हिरासतबाट छुटाइदिन्छु भन्दै पीडित पक्षसँग ठगी गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते २०:०७

२० जेठ, जनकपुरधाम । सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोद कुमार महतो छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार, महतोमाथि सवारी ज्यान मुद्दामा संलग्न व्यक्तिलाई हिरासतबाट छुटाइदिन्छु भन्दै पीडित पक्षसँग ठगी गरेको आरोप छ ।

सिरहा नगरपालिका–१६, माडर बस्ने ४८ वर्षीया रानी देवी यादवकी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

महतोले असार २७ गते बिहान ११ बजे रानी देवीसँग उनका छोरा विवेक यादवलाई प्रहरीले छोडिदिने आश्वासन दिँदै एक लाख ७० हजार रुपैयाँ ठगी गरेको डिएसपी पासवानको भनाइ छ ।

विवेक यादव सवारी ज्यान मुद्दामा संलग्न भई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा थिए ।

जाहेरीको आधारमा प्रहरीले म्यादको लागि अदालतमा पेश गरेको र सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रमोद महतोलाई सोमबार साँझ ६ बजे पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?