+

एचजेबीएल : टाइम्स र रोएल विजयी

२०८२ जेठ  २० गते २१:०२ २०८२ जेठ २० गते २१:०२
एचजेबीएल : टाइम्स र रोएल विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभा बास्केटबल लिगमा टाइम्स बास्केटबल क्लब र रोएलले जित हासिल गरे।
  • टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ र रोएलले कीर्तिपुरलाई ९९-९६ ले पराजित गरे।
  • टाइम्सले अब हाउण्ड्ससँग अन्तिम खेल खेल्ने बाँकी रहेको छ।

२० जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लब र रोएलले जित हात पारेका छन् ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गरेको हो ।

यस जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ ।

एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि १५ अंक नै छ । गोल्डेनगेट र हाउण्ड्सले अझै दुई खेल खेल्न बाँकी छ ।

टाइम्सले सामुखशीमाथि चारै क्वाटरमा दबाब बनाउँदै अग्रता लिएको थियो । टाइम्सले पहिलो क्वाटर २०-१५ र दोस्रो क्वाटर २८-२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८-३९ को अग्रता बनाएको थियो ।

तेस्रो क्वाटर पनि टाइम्सले २३-२१ ले आफ्नो पक्षमा पार्‍यो । चौथो क्वाटर २५-१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित हात पारेको हो ।

टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ अंक स्कोर गरे । सामाखुशीका प्रज्वल महर्जनले २१ अंक जोडे ।

टाइम्सका मनिष केसी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । टाइम्सले अब लिगको अन्तिम खेल हाउण्ड्ससँग खेल्न बाँकी छ ।

यस्तै दोस्रो खेलमा रोएलले कीर्तिपुरलाई ९९-९६ ले पराजित गर्‍यो । पहिलो क्वाटरमा कीर्तिपुरले २६-२५ को अग्रता बनायो । तर रोएलले दोस्रो क्वाटरमा पुनरागमन गर्‍यो र २८-२१ ले आफ्नो पक्षमा पार्दै हाफटाइममा ५३-४७ को अग्रता बनायो । तेस्रो क्वाटर रोएलले २०-१७ ले आफ्नो पक्षमा पार्‍यो । यस्तै चौथो क्वाटरमा कीर्तिपुरले ३२-२६ को अग्रता लिएपनि हार टार्न सकेन । ९६-९६ स्कोर हुँदा रोएलका सुजन महर्जनले थ्री प्वाइन्ट स्कोर गर्दै खेल जिताए ।

रोएलका सुजन महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोएलका लागि प्रसाङ ध्वज मास्केले ३१ अंक बनाए । यस्तै कीर्तिपुरका लागि निश्चल महर्जनले ३३ अंक जोडे ।

तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेको रोएल कीर्तिपुरला२ नै पछि पार्दै चौथो स्थानमा उक्लेको छ ।

लिगमा बुधबार शीर्ष दुई टोली गोल्डेनगेट बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

हिमालयन जाभा बास्केटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय