+
+
Shares

संसद् बैठक सारेर विपक्षी दलहरूसँग छलफलमा सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १५:११

२२ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरे र विपक्षी दलहरूबीच छलफल जारी छ । संघीय संसद् भवनस्थित सभामुखको कार्यकक्षमा विपक्षी दलहरूसँग अहिले छलफल चलिरहेको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सारेर सभामुखले विपक्षी दलहरूसँग छलफल गरिरहेका हुन् ।

विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गरिरहेका छन् ।

यसअघि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?