
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘फेस अफ नेपाल २०२५’ को आवेदन खुला भएको छ र इच्छुकले अनलाइन आवेदन गर्न सक्नेछन्।
- प्रतियोगिताको मापदण्डमा उचाइको मापदण्ड हटाइएको छ र उमेर १८ देखि ३० वर्षसम्मको लागि तोकिएको छ।
- सन् २०२४ का विजेताहरू हिमाञ्चलराज केसी र टिना परियारले आफ्नो परिवर्तनको अनुभव साझा गरे।
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल’ २०२५ को आवेदन खुला भएको छ । आयोजक एमएस प्रोडक्सन नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।
इच्छुकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । यस संस्करणको लागि प्रतियोगीको मापदण्डमा केही परिवर्तन गरिएको छ । पुरुष र महिला दुवैका लागि उचाइमा मापदण्ड तोकिएको छैन ।
प्रतियोगिताकी राष्ट्रिय निर्देशक मेनुका माझीले उचाइको कारण सहभागिता जनाउन चाहनेहरूलाई समेट्न मापदण्ड हटाइएको बताइन् । उमेरको मापदण्ड भने यथावत छ । १८ देखि ३० वर्ष उमेरकाले आवेदन दिन सक्नेछन् ।
कोरियोग्राफरको रूपमा दिक्पाल कार्की तय छन् । पत्रकार सम्मेलनमा सन् २०२४ का विजेताहरू हिमाञ्चलराज केसी र टिना परियार उपस्थित थिए । उनीहरूले विजेता भएपछि आफूमा आएको परिवर्तनको चर्चा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4