+

मुहम्मद वासीम मे महिनाका ‘आईसीसी प्लेयर अफ दि मन्थ’ घोषित

२०८२ जेठ  २४ गते १७:४३ २०८२ जेठ २४ गते १७:४३
मुहम्मद वासीम मे महिनाका ‘आईसीसी प्लेयर अफ दि मन्थ’ घोषित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युएई क्रिकेट टिमका कप्तान मुहम्मद वासीमलाई मे महिनाको आईसीसी प्लेयर अफ द मन्थ घोषित गरियो।
  • उहाँले बंगलादेशविरुद्धको टी–२०आई सिरिज जिताएर महत्वपूर्ण सफलता हासिल गर्नुभयो।
  • उहाँले भने, 'यो अवार्ड टिम र समर्थन गर्ने सबैको हो।'

२४ जेठ, काठमाडौं । यूएईको टी-२० टिमका कप्तान मुहम्मद वासीम मे महिनाको आईसीसी प्लेयर अफ दि मन्थ घोषित भएका छन् ।

उनले स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र अमेरिकाका मिलिन्द कुमारलाई पछि पार्दै यो सम्मान दोस्रो पटक जितेका हुन्। यसअघि उनले अप्रिल २०२४ मा पनि यो अवार्ड जितेका थिए।

वासीमले मे महिनामा बंगलादेशविरुद्धको टी–२०आई सिरिज जिताएर यूएई क्रिकेटको इतिहासमै पहिलोपटक महत्वपूर्ण सफलता दिलाए। उनले तीन खेलमा १४५ रन बनाएर १६६.६६ को स्ट्राइक रेटका साथ प्लेयर अफ द सिरिजको उपाधि पनि जिते।

सिरिजको दोस्रो खेलमा उनले ४२ बलमा ८२ रनको विस्फोटक इनिङ खेलेर युएईलाई पहिलोपटक बंगलादेशमाथि जित दिलाए। तेस्रो खेल जित्दै युएईले सिरिज २–१ ले जित्यो।

टी–२० का अतिरिक्त उनले पाँच एकदिवसीय खेलमा १६९ रन पनि बनाए, औसत ३३.८० र स्ट्राइक रेट ९०.३७ रहेको थियो।

विजयी भएपछि वासीमले भने, ‘यो अवार्ड टिम र समर्थन गर्ने सबैको हो। बंगलादेशविरुद्धको जितले युएई क्रिकेटको स्तर देखाएको छ। हाम्रो लक्ष्य अब ठूला टिमलाई हराउने हो।’

उनले एमिरेट्स क्रिकेट बोर्डको समर्थनप्रति पनि आभार व्यक्त गरे।

मुहम्मद वासीम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय