+

लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

२०८२ जेठ  २५ गते ७:२८ २०८२ जेठ २५ गते ७:२८
लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आज लिग २ शृंखलामा स्कटल्याण्डसँग खेल्दैछ।
  • नेपालले यस शृंखलामा स्कटल्याण्डलाई पहिलो खेलमा पनि हराएको थियो।
  • नेपालले हालसम्म १४ खेलबाट १० अंक प्राप्त गरी सातौं स्थानमा छ।

२५ जेठ, काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ ।

खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । नेपालले यस शृंखलामा स्कटल्याण्डसँग दोस्रो खेल खेल्न लागेको हो ।

यसअघि गत सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डाथि रोमाञ्चक एवम् कीर्तिमानी जित हासिल गरेको थियो भने दोस्रो खेलमा बुधबार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । नेपाल जितकै लय निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

नेपाल स्कटल्याण्डसँग सन् २०२३ देखि भएका ५ वटै खेलमा अपराजित छ। ४ खेल जित्दा १ खेल नतिजाविहीन छ । यस शृंखलाअघि पछिल्लोपटक सन् २०२४ अक्टोबरमा अमेरिकाको डलासमा भएको लिग २ शृंखलामा नेपालले स्क्टल्याण्डसँगको पहिलो खेल जित्दा अर्को खेल वर्षाले नतिजाविहीन भएको थियो ।

त्यसअघि नेपालले सन् २०२३ फेब्रुअरीमा कीर्तिपुरमा भएका दुवै खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसबेला नेपालले २ विकेट र ३ विकेट अन्तरको जित निकालेको थियो ।

गत सोमबारको सहित नेपाल र स्कटल्याण्डबीच हालसम्म ओडिआईमा भएका ९ खेलमध्ये ५ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ ।

पछिल्लोपटक सन् २०२२ को डिसेम्बरमा नामिबियामा भएका दुवै खेलमा नेपाललाई हराएदेखि यता स्कटल्याण्डले नेपाललाई हराउन सकेको छैन ।

यस शृंखलाका २ खेलमा जित निकालेपछि अंकतालिकामा नेपालको हाल १४ खेलबाट १० अंक छ र सातौं स्थानमा छ ।

आईसीसी विश्वकप लिग २ नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय