
प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- २४ वर्षीय साजन वाइबा सुनकोशी नदीमा पौडी खेल्न जाँदा बगेर मृत्यु भएका छन्।
- उनले तेमाल गाउँपालिका-३ चुखाबेशीस्थित बृहत् खानेपानी आयोजनामा काम गरिरहेका थिए।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
२५ जेठ, काभ्रेपलाञ्चोक । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेको महाभारत गाउँपालिका-४ का २४ वर्षीय साजन वाइबा रहेका छन् ।
आइतबार बिहान ९:३० बजे उनी सुनकोशी नदीमा पौडी खेल्न पसेका थिए । सो क्रममा सुनकोशी नदीले बगाएर उनको मृत्यु भएको प्रहरी चौकी पचुवारघाटका प्रहरी सहायक निरीक्षक युवराज केसीले जानकारी दिए ।
उनी तेमाल गाउँपालिका-३ चुखाबेशी स्थित बृहत् खानेपानी आयोजनाको ट्यांकी बनाउने काममा खटिँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4