+
+
Shares

जुवातास खेलेको आरोपमा सामाखुसीबाट होटल सञ्चालकसहित ९ जना पक्राउ

काठमाडौं महानगरपालिका–३ सामाखुसी रानीबारीबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले काठमाडौं महानगरपालिका–३ सामाखुसी रानीबारीबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गर्‍यो।
  • पक्राउ परेकालाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास सहित नियन्त्रणमा लिइएको छ।
  • पक्राउ परेकामा ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा जुवातास सञ्चालन गरेको खुलासा भयो।

२५ जेठ, काठमाडौं। जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३ सामाखुसी रानीबारीबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?