+
+
Shares

पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते २१:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा दायर भएपछि सभामुखले निलम्बन गरे।
  • सोडारीलाई पदको दुरुपयोग र सम्पत्ति आर्जनको आरोपमा मुद्दा चलिरहेको छ।
  • उनी नेकपा (एकीकृत समाजवादी) का सदस्य हुन् र २०७९ मा कैलालीबाट निर्वाचित भएका थिए।

२६ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहनुभएका सोडारीलाई प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निलम्बन गरिएको व्यहोरा जानकारी गराएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्वन गरिएको सभामुख भण्डारीले बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टीबाट तीन प्रदेशसभा सदस्य रहनुभएको छ ।

सोडारी विसं २०७९ मा भएको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र–४ को प्रदेशसभामा तत्कालीन गठबन्धनका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले)बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका थिए ।

सोडारीलाई पदको दुरुपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिन अघि आरोपपत्र दायर गरेको थियो । रासस

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?