+
+
Shares

अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अत्यधिक गर्मीका कारण चितवनका भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
  • बिदाको समयमा महानगरले बालबालिकालाई दिउँसो घर बाहिर नहिँड्न र नदी पोखरीमा नजान आग्रह गरेको छ।
  • पछिल्लो समयमा तापक्रम ३७/३८ डिग्री सेल्सियससम्म पुगेको छ।

२७ जेठ, चितवन । अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गरिएको छ ।

अत्यधिक गर्मी बढेपछि भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

गर्मीका कारणले सबैभन्दा बढी विद्यालय जाने बालबालिका प्रभावित भएपछि भरतपुर महानगरपालिकाले २८-३० जेठसम्म र खैरहनी नगरपालिकाले २८ जेठमा विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले एक सूचना जारी गर्दै विद्यालय बिदा दिएका बेलामा बालबालिकालाई दिउँसोको समयमा घरबाहिर हिँड्डुल गर्न नदिन, नदी पोखरीहरूमा पौडी खेल्न जान नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन अभिभावकमा अनुरोध गरेका छन् ।

यस्तै खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद शर्माले एक सूचना जारी गर्दै नगर क्षेत्रका सबै विद्यालयमा २८ जेठमा विदा दिने निर्णय भएको जनाएका छन् ।

पछिल्लो समय चितवनको अधिकतम तापक्रम ३७/३८ डिग्री सेल्सियससम्म पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?