
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २२ उद्योग तथा फर्मलाई अनुगमन गरी ५१ हजार रुपैयाँ जरिबाना तिराएको हो।
- अनुगमन क्रममा टोखा नगरपालिका–१० स्थित रेमन्ड गार्मेन्ट प्रालिलाई दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेको पाइएपछि जरिबाना गरिएको विभागले जनाएको छ।
- विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहित लेबलको अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ।
२७ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार एक उद्योग तथा फर्मलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार २२ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।
अनुगमन क्रममा टोखा नगरपालिका–१० स्थित रेमन्ड गार्मेन्ट प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराइएको हो । उक्त उद्योगले दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम जरिबाना तिराइएको विभागको भनाइ छ ।
यस्तै विभागको टोलीले अनुगमन गरेका १८ उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ३ उद्योगलाई सामान्य निर्देशन मात्रै दिएको छ ।
पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहित लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।
अनुगमनमा विभागले दैनिक एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने उद्योगी–व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।
प्रतिक्रिया 4