News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालबाट ५ खेलाडी सहित ११ सदस्यीय टोली भुटानको थिम्पु जाँदैछ।
- खेलाडीमा शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरी रहेका छन्।
२७ जेठ, काठमाडौं । यही जेठ २८ देखि असार १ गतेसम्म भुटानको थिम्पुमा हुने १५औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडी सहभागी हुने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगितामा सहभागी हुने ५ खेलाडीसहित ११ सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
खेलाडीमा शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरी रहेका छन् ।
अफिसियलमा दिनेशकुमार राजभण्डारी, व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल छन् ।
टोली बुधबार जाने छ ।
प्रतिक्रिया 4