+

पाँचपोखरी टी-२० क्रिकेट : माइटी साँगाचोक र मेलम्ची विजयी

२०८२ जेठ  २९ गते २०:३२ २०८२ जेठ २९ गते २०:३२
पाँचपोखरी टी-२० क्रिकेट : माइटी साँगाचोक र मेलम्ची विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा माइटी साँगाचोक क्लब र मेलम्ची नगरपालिकाले जित हासिल गरे।
  • माइटी साँगाचोकले साँगाचोक युथ क्लबलाई ८ विकेटले पराजित गर्‍यो भने मेलम्चीले भोटेचौर स्पोर्ट्स क्लबमाथि २३ रनको जित प्राप्त गर्‍यो।
  • प्रतियोगिता सिन्धुपाल्चोक जिल्लास्तरीय हो र सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

२९ जेठ, काठमाडौं — पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा माइटी साँगाचोक क्लब र मेलम्ची नगरपालिकाले बिहीबार जित हासिल गरेका छन्। प्रतियोगिता सिन्धुपाल्चोक जिल्लास्तरीय हो र पाँचपोखरी थाङपाल गाउँपालिकाले आयोजना गरेको हो, जसमा सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह ‘ए’ अन्तर्गतको खेलमा माइटी साँगाचोकले साँगाचोक युथ क्लबलाई ८ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको साँगाचोक युथ क्लबले २० ओभरमै सबै विकेट गुमाउँदै ९६ रन बनायो। टोलीका लागि रित गौतमले ३६ रन, कप्तान दिनेश श्रेष्ठले १९ रन र पारश पुरीले १३ रन बनाए। माइटी साँगाचोकका उत्सव तिमल्सिनाले ३ विकेट, सुमन चौलागाईं र मनिष पराजुलीले २–२ विकेट लिए।

९७ रनको लक्ष्य पछ्याउने क्रममा माइटी साँगाचोकले ११.४ ओभरमै दुई विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो। टोलीका लागि आशोक पौडेलले ३७ बलमा चार छक्का र तीन चौकासहित सर्वाधिक ५६ रनको योगदान दिए। जितसँगै माइटी साँगाचोकले तीन खेलमा चार अंक जोड्दै समूहको शीर्ष स्थानमा पुगेको छ भने साँगाचोक युथ क्लब एक अंकसहित पुछारमा छ।

समूह ‘बी’ मा मेलम्ची नगरपालिकाले भोटेचौर स्पोर्ट्स क्लबमाथि २३ रनको जित निकाली प्रतियोगितामा सुखद सुरुआत गर्‍यो। मेलम्चीले पहिले ब्याटिङ गर्दै १८.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनायो। उत्तम थापामगरले २८ बलमा सात छक्का र दुई चौका प्रहार गर्दै ५९ रन बनाए भने कप्तान रेन्जिङ लामाले ४५ रनको योगदान गरे।

भोटेचौरले जवाफी इनिङ्समा १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो। टोलीका लागि दुर्गेश थापाले ३७, कप्तान राजेश चौलागाईंले २६, निश्चल थापाले १९ र सुमित झाले १४ रन बनाए। मेलम्चीका सोनु देवकोटा र उत्तम थापामगरले ३–३ विकेट लिए भने राकेश श्रेष्ठ, विनोद तामाङ र कप्तान रेन्जिङ लामाले एक–एक विकेट लिए।

पाँचपोखरी टी–२० क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय