+
+
Shares
अपडेट :

अनेरास्ववियु अध्यक्षमा कडा प्रतिस्पर्धा, कडरिया र पौडेलको उछिनपाछिन

कीर्तिपुरमा जारी पछिल्लो मतगणना अनुसार कडरियाले ५९९ र पौडेलले ५७९ मत प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते ०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरमा जारी अनेरास्ववियुको नयाँ नेतृत्वको मतगणनामा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच कडा प्रतिस्पर्धा भएको छ।
  • सुरुवाती अग्रता कडरियाले लिएका थिए भने पछिल्ला मतगणनामा पौडेलले अघि भए पनि अहिले पुनः कडरिया अघि छन्।
  • बिहीबार विद्युतीय मतदानबाट भएको मतगणनामा दुवै जना प्यानल सहित मैदानमा रहेका छन्।

२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वका प्रतिस्पर्धामा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच कडा प्रतिस्पर्धा भएको छ ।

कीर्तिपुरमा जारी पछिल्लो मतगणना अनुसार कडरियाले ५९९ र पौडेलले ५७९ मत प्राप्त गरेका छन् ।

सुरुवाती अग्रता कडरियाले लिएका थिए । फेरि एक पटक पौडेलले अग्रता लिए ।

अहिले पुनः कडरिया अघि लागेका छन् ।

कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो ।

दुवै जना प्यानल सहित मैदानमा छन् । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।

पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?