+
+
Shares

उच्चका ४ जना मुख्य न्यायाधीशमा सिफारिस

चारैजनाको कार्यक्षेत्र पनि तोकियो

न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार नै चारैजनाको कार्यक्षेत्र पनि तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १२:२५

३० जेठ, काठमाडौं । न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ ।

शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन् । शुक्रबार नै चारैजनाको कार्यक्षेत्र पनि तोकिएको छ ।

भट्टराईलाई उच्च अदालत बिराटनगर तोकिएको छ भने कुँवर पाटनमा रहनेछन् । भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशको जिम्मेवारी तोकिएको छ ।

माघ, २०६४ भित्र सर्वोच्च अदालतमा सिफारिस हुन सकेमा मुख्य न्यायाधीश भट्टराई त्यसपछिको थप दुई वर्ष सर्वोच्च अदालतमा कार्यरत रहन पाउनेछन् । उनी सरकारी वकिल समूहबाट मुख्य रजिष्ट्रार बनेर भएर उच्च अदालतको न्यायाधीश बनेका थिए ।

सर्वोच्चका मुख्य रजिष्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउने परम्परा रहेको तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पालामा उनी न्यायाधीश मात्रै बनेका थिए । न्यायपरिषदको नियमावली संशोधनले उनी र अर्का मुख्य न्यायाधीश कुँवरको जेष्ठताक्रम माथि आएको हो ।

अर्का मुख्य न्यायाधीश लालबहादुर कुँवर भट्टराईभन्दा आठ वर्ष कम उमेरका हुन् । उनलाई सर्वोच्च अदालतमा आउने पर्याप्त समय छ । मुख्य न्यायाधीश सिफारिस भएका भण्डारी र तिवारी लगभग उही उमेरका भएकाले उनीहरुलाई सर्वोच्च आउने दुई वर्षको समय छ ।

वैदेशिक रोजगार न्यायाधीकरणमा शान्ता शेढाई सापकोटा

शुक्रबार नै न्यायपरिषद बैठकले वैदेशिक रोजगार न्यायाधीकरणमा काजमा रहेका उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालतको वीरगञ्ज इजलासमा सरुवा गरेको छ ।

परिषदले उच्च अदालतको हेटौँडा इजलासमा कार्यरत न्यायाधीश डा. शान्ता शेढाई सापकोटालाई वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?