News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बल एपीएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जित्यो।
- फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले पराजित गर्यो र ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
- प्रतियोगिताका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरूलाई पुरस्कार र सम्मान प्रदान गरियो।
३१ जेठ, पोखरा । सशस्त्र प्रहरी बल एपीएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित कभर्डहलमा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।
एपीएफले पहिलो सेट २५–१९, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो । उपाधिसँगै एपिएफले ६ लाख प्राप्त गर्यो । फाइनलमा पराजित भएको पुलिसले ३ लाखमा चित्त बुझाउनु पर्यो ।
शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो ।
तेस्रो बनेको न्यु डायमन्डले १ लाख रुपैयाँ हात पार्यो । न्यु डायमन्डले पहिलो सेट २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले जित निकाल्न सफल रह्यो ।
एपीएफकी निरुता ठगुन्ना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ३० हजार प्राप्त गरिन् ।
पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, एपीएफकी जसना महत्तो उत्कृष्ट सेटर, न्यू डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबिरो, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपिएफकी सृष्टि खड्की उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक एपिएफका पुष्पजंग मल्ल घोषित भए ।
उनीहरूले जनही २० हजार प्राप्त गरे ।
प्रतिक्रिया 4