+
+
Shares

वैरागी काइँलालाई ६ लाख राशिको स्वीकारोक्ति सिद्धि पुरस्कार प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेदरल्याण्डको द हेगमा भएको जीवीएलओको छैटौं विश्व सम्मेलनले कवि वैरागी काइँलालाई ६ लाख राशिको पुरस्कार घोषणा गर्‍यो।
  • सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरू सहभागी भए र नेपाली मूलका साहित्यकारलाई सम्मान गरियो।
  • पुरस्कार सन् २०२२ मा नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई पनि प्रदान गरिएको थियो।

१ असार, द हेग (नेदरल्याण्ड) । कवि वैरागी काइँलालाई ६ लाख राशिको पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जीवीएलओको तीनदिने सम्मेलनले उनलाई ६ लाख राशिको स्वीकारोक्ति सिध्दि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

पुरस्कारको घोषणा स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले गरेका हुन् । यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।

नेदरल्याण्डको द हेगमा जीवीएलओको छैटौं विश्व सम्मेलन चलिरहेको छ । सो सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेदरल्याण्डका लागि नेपाली राजदूत सेवा लम्सालले गरेकी थिइन् ।

सम्मेलनमा बेल्जियम, बेलायत, स्लोभानिया, फ्रान्स, नर्वे, पोल्याण्ड, डेनमार्क, न्यूजिल्याण्ड, अमेरिका, नेदरल्याण्ड लगायत मुलुकका प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?