
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर दुई फिल्मको निर्माण अनुमति दिएको छ।
- निर्देशक तथा निर्माता सुदर्शन थापाले पनि प्रदीपको नाम उल्लेख गरी ‘शुभ विवाह’ नामक फिल्मको इजाजत लिएका छन्।
- प्रदीप अहिले ‘ऐरी’को छायांकनमा व्यस्त रहेका छन्।
काठमाडौं । प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर दुई कथानक फिल्म निर्माण हुने भएका छन् । यी दुई फिल्मलाई चलचित्र विकास बोर्डले जेठमा निर्माण इजाजत दिएको छ ।
प्रदीपको नाम उल्लेख गरेर निर्माता थमनकुमार भण्डारीले बोर्डबाट फिल्म ‘लोभीपापी’को लागि निर्माण इजाजत लिएका छन् । यो फिल्मको बजेट २ करोड ३० लाख उल्लेख छ ।
भण्डारीले निर्माण गरेको फिल्म ‘एक्टर : टेक वन’मा प्रदीपको शीर्ष भूमिका थियो । त्यसपछि यी दुईबीच पुनः सहकार्य हुने निश्चित भएको हो ।
निर्देशक तथा निर्माता सुदर्शन थापाले पनि कलाकारमा प्रदीपको नाम उल्लेख गरेर फिल्म ‘शुभ विवाह’को लागि निर्माण इजाजत लिएका छन् । यो फिल्मको बजेट २ करोड बताइएको छ ।
प्रदीप अहिले ‘ऐरी’को छायांकनमा ब्यस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4