+
+
Shares

तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

इलाका प्रहरी कार्यालय इटहरीको टोलीले बन्दा र आलुसहित ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलो गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार ७० बोरा गाँजा लोड गरिएको ट्रकमा ४८ बोरा कोपी र १२ बोरा आलु पनि थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीमा प्रहरीले ४ हजार २ सय ३० किलो गाँजा बरामद गरी तीन व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
  • गांजा धनकुटाबाट लोड गरी आएको ट्रकबाट र इटहरी र धरानबाट पनि बरामद भएको हो।
  • तस्करहरूले साना गाडी र ट्युमार्फत गाँजा ओसारपसार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।

३ असार, विराटनगर । तरकारी लोड गरिएको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार र मंंगलबार गरी ४ हजार २ सय ३० किलो गाँजा बरामद भएको हो ।

प्रहरीले धनकुटाबाट तरकारी लोड गरी आउँदै गरेका दुई वटा ट्रक र ३ जना भरियालाई पनि नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान इटहरी उपमहानगरपालिका– २० तरहरामा ५ ख ६११६ नम्बरको तरकारी लोड गरिउको ट्रकमा ७० वटा बोरामा गाँजा बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीको टोलीले बन्दा र आलुसहित ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलो गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार ७० बोरा गाँजा लोड गरिएको ट्रकमा ४८ बोरा कोपी र १२ बोरा आलु पनि थियो ।

मंगलबार बिहान ट्रक नियन्त्रणमा लिएको प्रहरीले चालक धनकुटा शहिदभूमि गाउँपालिका– ६ का राजेन्द्र राईसहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र नगरपालिका –९ सुनसरीका सुमन राईलाई पनि नियन्त्रणमा लिएको छ ।

सोमबार धरान उपमहानगरपालिका– १३ शिवधाराबाट धनकुटाबाट अदुवा र बन्दा लिएर आउदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा पनि ७० बोरा गाँजा बरामद भएको थियो । सो ट्रकमा ३१ बोरा अदुवा र ६ बोरा बन्दा थियो । बरामद भएको गाँजाको तौल २ हजार १ सय ३० किलो छ ।

धनकुटा गाँजा खेती हुने क्षेत्र हो । धनकुटामा उत्पादन भएको गाँजा भारत निकासीका लागि तस्करको समूहले साना गाडी र ट्यु मार्फत सप्तकोशी नदी हुँदै ओसार पसार गर्थे । पछिल्लो समय तरकारी बोकेको ट्रक प्रयोग हुन थालेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?