
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई दिनमा ५ उद्योगलाई १० लाख २० हजार रुपैयाँ जरिबाना तिराएको छ।
- अनुगमन क्रममा ४३ उद्योग र फर्मलाई निरीक्षण गरी ५ उद्योगलाई जरिबाना गरिएको विभागले जनाएको छ।
- उद्योगहरूले इलेक्ट्रिक उत्पादनमा रिलेबलिङ र गुणस्तर हेरफेर गरेपछि कानुनी कारबाही गरिएको विभागले जनाएको छ।
३ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई दिनमा ५ उद्योग तथा फर्मलाई १० लाख २० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले सोमबार र मंगलबार गरी ४३ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा काठमाडौं महानगरपालिका–२६ को बस्नेत इलेक्ट्रोनिक्स सेन्टर र भरत ट्रेड प्रालिलाई समान २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको थियो ।
यस्तै आज मंगलबार विभागले काठमाडौं महानगरपालिका–१३ को ग्लोबल ट्रेडिङ कम्प्लेक्स प्रालिलाई २ लाख ५ हजार, काठमाडौं महानगरपालिका–२८ को स्टार अफिस इन्टरनेसनललाई २ लाख ५ हजार रुपैयाँ र काठमाडौं महानगरपालिका–१ को एक्सन प्वाइन्ट नेपाल प्रालिलाई २ लाख रुपैयाँ गरी ६ लाख १० हजार रुपैयाँ जरिबाना तिराएको हो ।
यी ५ उद्योग तथा फर्मले आफ्ना इलेक्ट्रिक उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ९ङ० को कसुर र सोही ऐनको दफा ३९ को १ ९ख० बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।
पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।
अनुगमनमा विभागले दैनिक एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गर्ने उद्योगी–व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।
प्रतिक्रिया 4