
News Summary
Generated by OK AI. Editorially reviewed.- म्युजिक भिडियोकी चर्चित मोडल अञ्जली अधिकारीले फिल्म ‘आहुती’को दोस्रो भागमा डेब्यु गर्ने भएकी छन्।
- चलचित्र विकास बोर्डले यसलाई निर्माण इजाजत दिएको छ र अञ्जलीको नाम पनि इजाजतपत्रमा उल्लेख छ।
- अञ्जलीसँगै विष्णु सापकोटाले पनि दोस्रो भागमा अभिनय गर्नेछन्, र यसअघिका कलाकारहरू निरन्तरता पाउनेछन्।
काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल अञ्जली अधिकारीले फिल्ममा डेब्यु गर्ने भएकी छन् । भवानी संग्रौलाले निर्माण गर्न लागेको फिल्म ‘आहुती’को दोस्रो श्रृंखलामा उनलाई देख्न पाइने भएको हो ।
गतसाता चलचित्र विकास बोर्डले यो फिल्मलाई निर्माण इजाजत दिएको छ । इजाजतपत्रमा अन्जलीको नाम पनि उल्लेख छ । ‘आहुती’को पहिलो भागको छायांकन जेठमा पूर्वी नेपालको पाँचथरमा सम्पन्न भैसकेको छ ।
दोस्रो भागमा अन्जलीसँगै ‘हर्के हल्दार’ श्रृंखलाबाट चिनिएका कलाकार विष्णु सापकोटाले पनि अभिनय गर्दैछन् । अघिल्लो भागका कलाकार रिहान गिरी, साम्राज्ञी शाह र प्रकाश दूतराजले पनि दोस्रो श्रृंखलामा निरन्तरता पाउनेछन् ।
प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘गलबन्दी’बाट अञ्जली चम्किएकी थिइन् । बोल माया, कल्ले देख्यो रजस्ता गीतको सांगीतिक भिडियोको लागि पनि उनी परिचित छिन् ।
उनले यसअघि रिलिज भएको दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’सहितका केही फिल्ममा एक गीतमा नृत्य गरेकी थिइन् । त्यसअघि उनी फिल्म ‘प्रेमगीत’को अडिसनमा पनि सहभागी भएकी थिइन् ।
प्रतिक्रिया 4